काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने स्थानीय तह चुनावमा मताधिकार लिएर आउन नपाउने भएसँगै पदाधिकारीले राजीनामा बुझाएका छन् ।
भोलिबाट पदमा रहने व्यक्तिले भोट दिन नपाउने भएसँगै करिब एक दर्जन व्यक्तिले राजीनामा दिएको स्रोतले बताएको छ । राजीनामा दिनेमा उपाध्यक्षदेखि सहमहासचिवसम्म रहेका छन् ।
आगामी चुनावलाई केन्द्रित हुँदै राजीनामा बुझाएको एक उच्च पदाधिकारीले बताए । उनले नाम नखुलाउने सर्तमा राजीनामा स्वीकृत भने भई नसकेको बताएका छन् ।
जेठ १५ गते हुने तय भएको एन्फा चुनाव असार ६ गतेका लागि सारिसकेको छ । पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया