काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा भर्खरै बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए । उनले भने, ‘केही दिन भित्रै घोषणा पत्र आउँछ । अव त्यसको मस्यौदा करिवकरिव तय भईसकेको छ । मस्यौदा तयार भईसकेको छ । आज यो घोषणा पत्रको विषय पनि होला । गठबन्धन तालमेलको कुरा यस भन्दा अघिको कार्य समिति बैठकमा जुन पास गरेको थियो । त्यसलाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरा हिजो गठबन्धनबीच मोटामोटी सहमति भएको छ । त्यस विषयमा पनि जानकारी दिने कुरा होला । अव हामीसँग धेरै दिन छैन । ३ गते भित्र कुनकुन दलले के पाउने टुंगो लागेपछि आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने हुन्छ । त्यसमा जनाधारलाई मुल आधार बनाइएको छ ।’
नेपाली कांग्रेसले यस वर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र गर्ने कामबारे जनतालाई सशक्त ढंगले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यस वर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया