काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३४९ पिसिआर तथा १ हजार ३६६ एन्टिजेन परीक्षण गरिएको थियो ।
सो अवधिमा ४९ जना कोरोना संक्रमणमुक्त हुँदा हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया