राजदूत क्वात्राको बिदाई भोज : दूतावासमा प्रधानमन्त्री, व्यापारीदेखि पत्रकारसम्मको लर्को (फोटोफिचर)

लोकपथ
2.6k
Shares

काठमाडौं । यतिबेला सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरु भारतीय राजदूत क्वात्राको बिदाई भोजमा सरिक भएको प्रसंगले तात्तिएको छ ।

मंगलबार राति प्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित सरकारका मन्त्री एवं सत्तारुढ र विपक्षी दलका नेताहरु नेताहरु समेत भारतीय दूतावास पुगेका थिए ।

नेपालका लागि भारतीय भारतीय राजदूत विनयमोहन क्वात्राले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किने क्रममा मंगलबारका लागि बिदाइ भोज आयोजना गरेका थिए । क्वात्राको निमन्त्रणमा आयोजित भोजमा सरिक हुनका लागि लैनचौर स्थित भारतीय दूतावासमा नेता, व्यापारीदेखि पत्रकारहरुसम्म समेत दूतावास पुगेका थिए ।

प्रधानमन्त्रीदेखि उपस्थित सबैले आफ्नो कार्यकाल सकाएर भारत फर्किन लागेका क्वात्रालाई बिदाई गरेका थिए भने क्वात्राको कार्यकालको समेत समिक्षा भएको थियो ।

राजदूतको बिदाईका लागि देशका प्रधानमन्त्रीको समेत उपस्थिती भएको भन्दै यतिबेला सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?