नेपालगञ्ज उपमहानगरमा स्थानीय निर्वाचन : कांग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ आकांक्षी

लोकपथ
196
Shares

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका यतिबेला स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ दल नेपाली कांग्रेसबाट मेयरमा आकांक्षा राख्नेहरुको नाम बाहिरिएको छ ।

आइतबार बसेको नेपाली कांग्रेस बाँकेको बैठकले मेयरको आकांक्षीहरुमा १४ जना र उपमेयरको आकांक्षीमा ११ जनाको नाम सिफारिस गरेको छ ।

रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरन्जन सिंह सिजापति, डा. सुरेश कुमार कनौडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्र मान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाई, ललित रौनियार, मो. कादिर जौलाहा, दिवाकर खनाल लगायतको नाम मेयरको आकांक्षीको रुपमा प्रदेश समितिमा सिफारिस भएको छ । त्यसैगरी उमेयरमा रेणु सिंह ठाकुर, दिक्षा कोईराला, रत्न राणा, शिव कुमार वर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मो. कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह, अतुल कुमार गुप्ता लगायतको नाम सिफारिस भएको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल बढेको छ । वर्तमान सत्तारुढ गठबन्धनले देशभर चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । भने नेकपा एमाले अन्य साना दलहरुसँग तालमेलको लागि लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?