काठमाडौं । सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसी नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अुनसार सशस्त्रको आईजीपीमा केसीलाई नियुक्त भएका हुन् ।
यसअघि शैलेन्द्र खनाल सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) रहेका थिए । सोमबार खनाल आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएसँगै नयाँ आईजीपी नियुक्तीको दौड सुरु भएको थियो ।
सो क्रममा नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र एआईजी रामशरण पौडेल प्रतिष्पर्धामा रहेका थिए । सरकारले वरियताको आधारमा केसीलाई नयाँ आइजीपी नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया