प्रचण्डको सचिवालयलाई कुलमानले भने- ‘पोस्टरमा मेरो तस्बिर राख्न मिल्दैन, हटाउनोस्’

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र) ले आफ्नो तस्बिर अनुमति बिना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार बिहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्बिर राखिएको थियो ।

पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ‘ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।

‘यो कुरा मलाई थाहा थिएन । मेरो तस्बिर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?