आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
42
Shares

१. काठमाडौंको खाली जग्गा भू–माफियाको कब्जामा रहेको प्रधानमन्त्री देउवाको भनाइ, नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खालीठाउँ नहुने चेतावनी ।

२. वामपन्थी भनेको नेकपा एमाले मात्र भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको टिप्पणी ।

३. अझै पनि संविधानलाई उल्टाउन चाहने मानिसहरू रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, मौलिक किसिमबाट देशको विकास गर्न आवश्यक रहेको उल्लेख ।

४. नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको सहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारेमा गम्भीर भएर सोच्ने बेला आएको प्रतिक्रिया ।

५. नेपाललाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा गृहमन्त्री बालकृष्ण खाँणको जोड, सहरीकरणका लागि योजना तर्जुमा गरेर अघि बढ्नुपर्ने भनाइ ।

६. नेपाली कांग्रेसको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सम्पन्न, घर–घरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पाइएको प्रवक्ता डा. प्रकाशशरण महतद्वारा जानकारी ।

७. स्थानीय तहको निर्वाचनमा मतदाताको छनोटमा परिवर्तन आउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीको भनाइ, जनताले यस पटक फरक दल र फरक प्रतिनिधिलाई चुन्ने दाबी ।

८. सरकारको चालू खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि ।

९. मेलम्ची खानेपानी आयोजनाको पानी सुरुङमा खसालियो, काठमाडौंका धारामा आइपुग्न दुई साता लाग्ने।

१०. चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिए, निवर्तमान हेमन्त रावलको ठाउँमा प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी ।

११. नवनियुक्त राष्ट्रियसभाका सदस्य नारायणप्रसाद दाहालले लिए पद तथा गोपनीयताको शपथ, जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता ।

१२. फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु, दर्जनौँ घाइते, भीषण वर्षा र हावाले विद्युत् आपूर्ति अवरुद्ध ।

१३ युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १ सय ४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघद्वारा पुष्टि ।

१४. इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै, चेन्नई पहिलो जितको खोजीमा मैदान उत्रँदै ।

१५. र, चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा, पाँच खेलमा १३ गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थानमा सावित्रा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?