काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् ।
मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्ते बताएका हुन् । उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए ।
मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताए । मन्त्री कार्कीले समाज बिस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकंक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए ।
उनले शहरीकरण कारण अहिले भएको विकास पनि एकान्की हुनसक्ने अवस्था सिर्जना भएको बताए । मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ/बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताए ।
मन्त्री कार्कीले भने, ‘आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गर्नुका साथै हाम्रो बाच्ने तरिकालाई असर गरिरहेको छ । सूचना र सञ्चार प्रविधिको बढ्दो उपस्थितिका कारण अन्तरिक्ष र सहरी ठाउँहरुको बारेमा हाम्रो सोचाइले चुनौती दिइरहेको अवस्था छ । किनभने आइसीटीमा हाम्रो दिमागलाई असर पार्ने आविष्कारहरु धेरै भइरहेका छन् । समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउन र सबै नागरिक जीवनस्तर उकास्न मानवीय र प्राविधिक दुवै सञ्जालको जडान गर्न आवश्यक छ । विश्वमा भएको मोबाइल फोन तथा सञ्चार क्रान्तिले सहरी जनतालाई स्मार्ट सिटीमा बस्न प्रेरित गर्दछ । जुन युवाहरुका लागि शिक्षा, रोजगारीका सम्भावनाहरुको विकास गर्दै नयाँ प्रविधिको प्रयोग गर्ने बारेमा सुधार ल्याउँछ । किनभने हामी अहिले डिजिटल रुपमा छौँ । आइसीटी टेक्नोलोजीहरुले प्रदान गरेका अवसरहरु समावेशी बनाउनका साथै सबै तहका नेतृत्वको समस्या समाधान गर्न आवश्यक छ । मेरो विचारमा अहिले हाम्रो समाज बिस्तारै अनेकौँ सपनाले गर्दा गाउँ र बस्तीहरु रित्तिँदै गएका छन् । गाउँका बस्ती एकातर्फ रित्तिँदै गएका छन् भने अर्कोतर्फ शहरमा बस्ने आकंक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको छ । यसले हाम्रो समाजमा गरिबीदेखि लिएर निराशा उत्पन्न हुने किसिमको सिर्जना भइरहेको छ । यतातर्फ हामीले ध्यान दिन सकेनौँ भने हाम्रो विकास एकान्की हुन सक्दछ । हाम्रा विकासका कुराहरु जनताले अनुभूत गर्न नसक्ने र केवल नाराहरुमा मात्र हुन सक्दछन् । गाउँका जनतालाई गाउँमै बसौँ बसौँ लाग्ने नीति तर्जुमा गर्न आवश्यक छ । हरीकरण अव्यवस्थित छ, अनेकौँ समस्याहरु छन्, ती समस्यालाई समाधान गर्दै समाजलाई गरिबीबाट माथि लाने र कसरी गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने भन्ने र सहरलाई पर्यटकको आकर्षण केन्द्र कसरी बनाउने भन्ने सोच्न आवश्यक छ ।’
मन्त्री कार्कीले अव्यवस्थित सहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरिबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र सहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउने कुरामा जोड दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया