१३ चैत्र २०७९, सोमवार

उत्पादन बढाउन जोड

२०७४,आश्विन,२७,शुक्रवार १०:१७

0
Shares

काठमाडौँ, २७ असोज ।पर्याप्त उत्पादन नभई निर्यात रणनीति सार्वजनिक हुनुले तात्विक अर्थ नहुने विभिन्न क्षेत्रका विज्ञले बताएका छन ।वाणिज्य मन्त्रालय र राष्ट्रिय व्यापार केन्द्रले काठमाडौँमा आयोजना गरेको निर्यात रणनीति प्रतिवेदन सार्वजनिक समारोहमा वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आयात प्रतिस्थापन स्वभाविक भए पनि निर्यात गर्नु पहिले पर्याप्त उत्पादन गर्नुपर्ने बताएका हुन ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली चिया, कफी, अलैँची र हाते कागजको विश्वमा माग बढ्दै गए पनि स्वदेशमा पर्याप्त उत्पादन नभएकाले पहिले उत्पादन बढाउन जोड दिएकी छिन । उनले नेपालमा कृषिको अथाह सम्भावना भए पनि पर्याप्त उत्पादन भने गर्न नसकेको जानकारी दिइन ।अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जालेजले उत्पादन बढाउन सकेमात्र निर्यातको सम्भावन रहेको जानकारी दिए ।सन् २०२२ सम्ममा नेपालले १९० वस्तुको निर्यात बढाउनुपर्ने व्यापारिक रणनीति पुस्तकमा उल्लेख छ ।वाणिज्य मन्त्रालयले आगामी पाँच वर्षभित्र १९० वस्तुको निर्यात गर्ने लक्ष्यमा पुगेको देखिन्छ ।नेपालले २०५६ सालदेखि चिया तथा कफी निर्यात गर्दै आएको भए पनि आयातको इतिहास भने ४० वर्ष पुरानो भएको बताउछन कफी व्यवसायी श्यामबहादुर भण्डारी ।वाणिज्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्यात रणनीति प्रतिवेदनमा चिया, कफी, अलैँची र हातेकागज निर्यात गर्ने लक्ष्य लिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका सामुदायिक वनको उपयोग नभएसम्म चार वस्तुको निर्यात लामो समयसम्म नटिक्ने बताउछन ।नेपालका सामुदायिक वनभित्र कफी, चिया, अलैँची र लोक्ताको खेती गर्न सकिन्छ, कृषिविज्ञ कृष्ण भण्डारीले भने ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १०:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६