नेकपा माओवादी केन्द्रको आधिकारिक वेबसाइट उद्घाटन

लोकपथ
133
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आधिकारिक वेवसाइट उद्घाटन भएको छ। माओवादी केन्द्रको यसअघि पुरानो वेवसाइट भएपनि एमालेसँग एकता भएपछि त्यसलाई नियमित अपडेट भने गरेको थिएन ।

पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वेवसाइट उद्घाटन गरेका हुन्। पार्टीको वेवसाइट वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउने बताइएको छ ।

पार्टीको आधिकारिक वेवसाइटमा पार्टीका सबै निर्णयहरु, दस्तावेज, पार्टी विभाजन, जनवर्गीय संगठन, पार्टी कमिटी सबै समेटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?