चितवन । चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिएका छन् ।
निर्वाचन आयोग नेपालको सोमबारको निर्णय अनुसार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई हटाइएको छ । भने उनको ठाउँमा चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
चैत २३ गतेको बैठकले ७१ जना निर्वाचन अधिकृत हेरफेर गरेको थियो। विविध कारण भएको भन्दै आयोगले हेरफेर गरेको थियो।
सो क्रममा पुनः चौथो वरियतामा रहेका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया