नेपालमा शहरहरुको व्यवस्थापन गर्न सकिएन : झलनाथ खनाल

लोकपथ
156
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए । सम्मानित नेता खनालले अब गाउँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

सम्मानित नेता खनालले भने, ‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन् । शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि सुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन् । हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँछ । त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ । त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ । त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरबार हो भन्ने गरेका छन् । तर हो कि होइन, हामीले अनुसन्धान नगरीकन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवत भन्दा अगाडिको कुरा हो । आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्छ । त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ ।’

सम्मानित नेता खनालले नेपालका केही स्थानहरुमा पुराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?