काठमाडौंको खाली जग्गा भू–माफियाको कब्जामा छ : प्रधानमन्त्री देउवा

लोकपथ
130
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भू–माफियाहरुका कब्जामा रहेको बताएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए ।

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत् र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहकेो बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले काठमाडौंमा जुन किसिमाको फोहोर नै फोहोर छ । व्यवस्थापन भएको छैन । फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् । अर्को कुरा भू–माफियाहरुले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?