११ चैत्र २०७९, शनिवार

कास्कीमा चुनावी माहोल तात्यो

२०७४,आश्विन,२७,शुक्रवार १०:०५

0
Shares

पोखरा, २७ असोज ।आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै कास्कीमा चुनावी माहोल तातेको छ ।चुनावी माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले यतिखेर कोणसभा, बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रम गरिरहेका छन् ।महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको पाइन्छ । मतदाता पनि हाम्राभन्दा राम्रा, स्वच्छ छवि भएका, इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मत दिने मनस्थितिमा रहेको पाइन्छ ।जिल्लाका सबै राजनीतिक दलले आ–आफना पार्टीका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति केन्द्र, संघीय समाजवादी फोरम नेपाल सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन् । सिफारिसमा परेका आकांक्षी पनि टिकट पाउन नेताकहाँ धाउन थालेको पाइन्छ ।दोस्रो संविधानसभाको निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको कास्की निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र कायम गरिदिएको छ ।कास्की क्षेत्र नं १ बाट नेपाली काँग्रेसबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियारलगायत सिफारिसमा परेका छ । अघिल्लो संविधान सभाको निर्वाचनमा यज्ञबहादुर थापाले एमालेका मानबहादुर जिसीलाई झिनो मतले पराजित गरी विजयी भएका थिए ।जिसी स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा विजयी भएका छन । यो क्षेत्रबाट एमालेबाट पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा पर्नुभएको छ ।माओवादी केन्द्रबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता देव गुरुङ सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं २ बाट काँग्रेसका जिल्ला नेता सोभियतबहादुर अधिकारी, देवराज चालिसे, डा परमेश्वर पोखरेललगायत सिफारिसमा परेका छन ।एमालेबाट व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी सर्वसम्मत सिफारिसमा परेका छन । उनी २०६४ र २०७० सालको निर्वाचनमा साविक क्षेत्र नं ३ बाट विजयी भएका थिए । माओवादी केन्द्रबाट नेता राजकाजी गुरुङ सिफारिसमा परेका छन ।यस्तै क्षेत्र नं ३ मा काँग्रेसबाट शारदा पौडेल, पार्टीका पूर्व केन्द्रीय आमन्त्रित सदस्य शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, एमालेबाट केन्द्रीय नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला र उमा कोइराला र माओवादी केन्द्रबाट रामजी बराल सिफारिसमा परेका छन ।सबै राजनीतिक दलहरुले प्रदेश सभाका सबै क्षेत्रमा आकांक्षीको सूची केन्द्रमा सिफारिस गरेका छन् ।जिल्लाको कूल मतदाता संख्या दुई लाख ५६,४०५ रहेको छ । जसमध्ये पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रो लिङ्गी चार जना रहेका छन् ।प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६,४७९, क्षेत्र नं २ मा ७०, ९२६ र क्षेत्र नं ३ मा ८८९९६ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १०:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ

गण्डकी । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने संकेत देखिएको छ । गठबन्धनमा सामेल नेपाली

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न

काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । सरकारका मन्त्रीहरुको कार्यविभाजन मिलाउन मुख्यमन्त्री खगराज अधिकारी सोमबार काठमाडौंमा एमाले

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११