सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका-५ स्थित सडकमा स्कुटरको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

बागमती प्रदेश ०३-००३ प २८३४ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने ७५ वर्षीय पैदलयात्री लाल प्रसाद निउरेको सोमबार साँझ मृत्यु भएको हाे ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको गैडाकोट पोलिकिल्निकमा उपचार भइरहेको छ ।

यस्तै बागलुङ, निसिखोला गाउँपालिका-६ रितिबाङ भन्ने स्थानमा रा.१ त ४११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-१३ बस्ने २४ वर्षीय चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?