काठमाडौं । राष्ट्रियसभाका सदस्य नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
दाहाललाई मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया