स्रोत नखुलेको भारतीय रुपैयाँसहित ४ जना पक्राउ

लोकपथ
147
Shares

काठमाडाैं । मोरङ प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो विराटनगर महानगरपालिका–१५ रानी सीमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित ४ जानलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् ।

सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?