बक्स अफिसले दियो पल र पूजालाई सर्वोत्कृष्ट नायक–नायिकाको अवार्ड

लोकपथ
663
Shares

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले उत्कृष्ट बक्स अफिस अवार्ड हात पारेका छन् ।

सोमबार चलचित्र विकास बोर्डमा बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेसनल ग्रुपको संयुक्तरुपमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा पल र पूजालाई यो अवार्ड प्रदान गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले वर्षभरि रिलिज भएको फिल्महरुमध्येमा ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा सबैभन्दा बढी व्यवसाय गरेको हिसाबले दुवैलाई अवार्ड प्रदान गरिएको बताए । सो कार्यक्रममा निर्देशक सुर्दशन थापालाई समेत अवार्ड अवार्ड प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा फिल्म ‘कठपुतली’लाई राम्रो निर्माण भएको भनेर र फिल्म ‘चुरीफुरी’लाई सन्देशमूलक फिल्म निर्माण भएको भनेरसमेत अवार्ड दिइयो । यो वर्ष जम्मा २१ फिल्म प्रदर्शनमा आएका थिए भने कार्यक्रममा राम्रो फिल्म वितरण गर्नेले समेत अवार्ड पाएका थिए ।

उक्त अवसरमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका देविका बन्दना र गीतकार कृष्णहरि बराललाई ‘बक्स अफिस रजत सम्मान २०२२’ दिइएको थियो । दाहाललाई चलचित्र अनि बन्दना र बराललाई गीत संगीतको क्षेत्रमा २५ वर्ष पूरा गरेको भन्दै यो सम्मान दिइएको हो । सोही अवसरमा पत्रकार श्याम स्मृत, रामहरि सिलवाल र रामजी बगालेले पत्रकारिता सम्मान पनि प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?