१. देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको दाबी ।
२. आगामी स्थानीय तहको निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाका साथ अघि बढ्न सत्तारुढ ५ दलीय गठबन्धनको आह्वान, निर्वाचनका विषयमा थप छलफलका लागि भोलि पनि बैठक बस्दै ।
३. प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलान्यास समेत गर्न नसकेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरूको आरोप, वर्तमान सरकारले राष्ट्रको ढुकुटी सिध्याउने काम मात्रै गरेको भन्दै कटाक्ष ।
४. अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, एमालेसँगको फुटपछिको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उल्लेख ।
५. बेरुजु फछ्र्याैटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न गृहमन्त्री बालकृष्ण खाँणको आह्वान, पुँजीगत खर्च गर्न नसकेर बजेट नै कोल्याप्स हुने अवस्था आउन नदिन सबै सरकारी निकायलाई आग्रह ।
६. चुनावमा ६ करोड खर्च भयो भनेका कांग्रेस नेता शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, सञ्चारमाध्यममा आएका समाचारबारेको जवाफ ७ दिनभित्र पेस गर्नुपर्ने ।
७. विवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरमा मेयर र उपमेयरमा उम्मेदवार चयन, समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय ।
८. केही मानिसहरूको सन्कीपनले देशको नीति बिग्रिएको नेकपा एमालेका सचिव योगेश भट्टराईको आरोप, देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुन आग्रह ।
९. सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आरोप, गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने धारणा ।
१०. २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो, निर्वाचन आयोगले वैशाख १ बाट दैनिक बुलेटिन प्रकाशन गर्ने ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १ सय ४४ परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जना कोरोना संक्रमणमुक्त, निको हुनेको दर ९८ दशमलव ७ प्रतिशत ।
१२. युक्रेन हमलामा रुसले १९ हजार ५ सय सेना गुमाएको युक्रेनको दाबी, रुसले ७ सय २५ ट्यांकर, १ सय ५४ विमान र १ सय ३७ हेलिकोप्टर ध्वस्त पारिएको युक्रेनी सशस्त्र बलद्वारा जानकारी ।
१३. संसदमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएका इमरान खानको पार्टीले देशव्यापी प्रदर्शन गर्ने, निवर्तमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्दै ।
१४. प्राविधिक समस्याको कारण देखाउँदै १० दिन पछि स¥यो सहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिग, चैत २९ गतेबाट सुरु हुने भनिएको लिग अब वैशाख ९ गतेबाट हुने ।
१५. र, एएफसी फुटसल एसियन कप छनोटमा नेपालले बेहो¥यो लगातार दोस्रो हार, हारसँगै नेपाल प्रतियोगिताको समूहचरणबाटै बाहिरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया