प्रमुख विद्यार्थी संगठनद्वारा सरकारको ध्यानाकर्षण

लोकपथ
42
Shares

काठमाडौं । प्रमुख विद्यार्थी संगठनहरुले बेलगामरुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि जारी राखिने हो भने संयुक्त विद्यार्थी संगठन निर्णायक संघर्षमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

जारी विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सिर्जित महँगी र यातायात एवं माल वस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी, मजदुरलगायत आम जनसमुदायमा जनजिवन धान्नै नसक्ने गरी कष्टकर बन्नुअघि नै समाधान निकाल्न तथा विद्युत्लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन माग गरेका छन् ।

यसैगरी अवसर उद्यम र रोजगारको कमिका कारण आज मुलुकमा ब्रेन ड्रेननको समस्या स्थायी समस्याजस्तो हुन पुगेकोले आगामी बजेटमा शिक्षित जनशक्तिलाई मुलुकभित्रै अवसर प्राप्त हुने खालका कार्यक्रमहरु समेटेर युवा र बाैद्धिक जनशक्ति बस्ने र काम गर्ने वातावरण बनाउन अल्पकालीन र दीर्घकालीन नीति योजना र कार्यक्रमहरु समेट्ने कुरामा गम्भीर बन्न माग गरेका छन् ।

साथै उक्त विज्ञप्तिमा आर्थिक संकट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट मान्य नभएकाले आउने बजेटमा शिक्षा एवं विज्ञान प्रविधिजस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?