अर्थमन्त्रीको स्पष्टोक्ति : ‘देश श्रीलंका बन्न लाग्यो भन्ने कुरा अफवाह मात्रै हो’

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशको अर्थतन्त्रको सूचकहरु सामान्य रहेको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र संकटमा नगएको भन्दै देश श्रीलंकाजस्ताे नहुने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘देश श्रीलंका हुन्छ भन्ने कुरा अफवाह हो । देश राम्रो बनाउनुपर्‍याे नि ।’

साथै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा जाने समेत अर्थमन्त्री शर्माले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?