दुवइमा धेरै नेपालीहरुको भिल्ला रहेको अर्थमन्त्री शर्माको खुलासा

लोकपथ
5.2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ ले युनाइटेड अरब इमिरेट्स (दुवइ) मा धेरै नेपालीहरुले भिल्ला किनेको खुलासा गरेका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । नेपालीहरुले दुवइमा भिल्ला किन्ने पैसा नेपालबाटै लगेको समेत उनले बताए ।

‘अहिले दुवइमा धेरै नेपालीहरुको भिल्ला रहेको छ भन्ने कुरा आएको छ । त्यो पनि नेपालबाटै गएको पैसाले किनेको त होला ।’ उनले भने ।
त्यसैगरी नेपालमा पछिल्लो समय देखिएको आर्थिक संकटको कारण सहुलियतपूर्ण ऋण प्रवाह कहाँ गयो भन्ने कुरा थाहा नहुनु नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?