काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ । राजधानीको भृकुटीमण्डमा आयोजना गरिएको कार्यक्रम आचारसंहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आधारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया