१३ चैत्र २०७९, सोमवार

प्रकाशमानसँग चुनाव लड्न लागेका रवीन्द्र मिश्रले माग यस्तो सहयोग

२०७४,आश्विन,२७,शुक्रवार ०९:५८

0
Shares

काठमाडौं, २७ असोज— आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव लड्ने घोषणा गरेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूलाई साथ दिन अनुरोध गरेका छन् ।कांग्रेसका बलिया उम्मेदवार प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्न लागेको मिश्रले तत्कालका लागि क्षेत्र नम्बर १ का लागि दर्जनौं उर्जावान र आउँदो डेढ महिना थोरै या धेरै समय दिन सक्ने स्वयंसेवीहरूको जरूरत परेको भन्दै साथ दिन आग्रह गरेका छन् । उनले जसले जसरी सक्छ त्यसैगरी सहयोग गरिदिन पनि अपिल गरेका छन् ।उनले ‘साथ दिएर के गर्नु, हुने होईन‘ भनिए ‘हुँदैन’ र नेपाली जनताले अहिलेको जस्तै  नियति वर्षौं भोग्नु पर्नेतर्फ सचेत गराउंदै  भनेका छन्, ‘हामी सबैले साथ दियो भने ‘हुन्छ हुन्छ’ भन्नुभयो भने अवश्य ‘हुन्छ’ र यो देश हाम्रै जीवनकालमा परिवर्तन गर्न सकिन्छ।’काठमाडौं क्षेत्रनम्बर १ मा नयाँ तथा पुरानो वानेश्वर, मैतिदेवी, डिल्लीबजार, अनामनगर, मिनभवन, शंखमुल, बबरमहल, थापाथलि, त्रिपुरेश्वर, भोटेबहालका क्षेत्र पर्छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०९:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६