काठमाडौं । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविस्मरणीय एवं मनोरन्जनात्मक रुपले बिदाइ गर्न नयाँ अफर ल्याएको छ ।
सोअनुरुप यही चैत्र २९, ३० र नयाँ वर्ष वैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक क्रियाकलाप आयोजना गर्ने क्याफेले जानकारी दिएको छ ।

यसअन्तर्गत लाइभ सांस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहनेछ । काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवा सुविधाबाट उपभोक्ताहरुमाझ उत्कृष्ट छाप पार्न सफल यो क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यकाबाहिर पहिलो शाखा मुलुककै पर्यटकीय नगरी पोखरामा सेवा सुरुवातको पूर्वसन्ध्यामा पोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिइने सेवा सुविधाको विशेष अवसरको भरपुर आनन्द एवं सन्तुष्टि लिई नयाँ वर्ष २०७९ को स्वागत एवं २०७८ को बिदाइ गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया