स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

लोकपथ
104
Shares

काठमाडौं । स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् । एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्यरराज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो ।

यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजनाअन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएका छन् ।

यसअन्तर्गत हाल सम्म ५३ लाखभन्दा बढी लाभग्राहीहरु रहेका छन् । स्वास्थ्य बीमाबोर्डको डिजिटलाइजेसनको यस कदमलाई बोेर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउने एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ ।

बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएसमा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी बैंक खाताबाटै भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?