२५ लाख बढीको सुनसहित विमानस्थलबाट ३ रसुवाली पक्राउ

लोकपथ
15.2k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ परेका छन् ।
युनाइटेड अरब इमिरेट्स (दुवइ) बाट एयर अरेवियाको उडानद्वारा सारजाहाबाट नेपाल आएका ३ जनालाई सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रसुवा नौकुण्ड १ का ३२ वर्षीय सुकुराम लामा, रसुवा नौकुण्ड ६ का २७ वर्षीय पेमा थोक्रा र नौकुण्ड ६ का २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । उनीहरु तीनै जनाको साथबाट दुई÷दुई थान ९९.९६ ग्रामको ब्रास्लेट बरामद गरिएको हो । तीनै जनाको साथबाट बरामद गरिएको सुनको मूल्य २५ लाख ५९ हजार ६ सय २५ रुपैयाँ बराबर रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

युनाइटेड अरब इमिरेट्स (दुवइ) बाट एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आइपुगेका उनीहरुको गतिविधि संकास्पद लागेपछि विमानस्थल प्रशासनले चेकजाँच गरेको थियो । सो क्रममा उनीहरुको साथबाट सो परिणामका सुन फेला परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार विभाग सानो गौचरन बुझाइएको विमानस्थल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?