काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।
एमाले सचिव भट्टराईले नेपालले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।
सचिव भट्टराईले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अग्र्यल्याइँले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सिञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादाभन्दा ज्यादा निर्यात गरिरहेका छौँ । त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आकलन गरेका छौँ ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ? जनसंख्या र जनशक्तिको रेस्युमा हामी ठीक ठाउँमा छौँ कि छैनौँ यो विषय पनि छलफलको विषय छ । कुनै पनि उमेरसमूहका कुनै पनि मानिसहरु स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित हुनु हुँदैन ।’
सचिव भट्टराईले कुनैपनि उमेरसमूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया