काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पछिल्लो समय अर्थन्त्रमा देखिएको संकट र राष्ट्र बैंकका गभर्नरको छानबिन प्रकरणबारे थप जानकारी दिन अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेको अर्थमन्त्री शर्माको निजी सचिवालयले जनाएको छ ।
गत बिहीबार सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दै छानबिनमा तानेको छ । सो प्रकरणपछि अर्थमन्त्रीको विरोध भइरहेका बेला उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन ४ बजेका लागि बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया