३ अर्ब ३३ करोड रूपैयाँभन्दा बढिको साधारण शेयर अाउँदै

काठमाडौं : विभिन्न कम्पनी तथा वित्तीय संस्थाहरूले भोली (साउन १) देखि शुरू हुने नयाँ अार्थिक बर्षभित्र ३ अर्ब ३३ करोड २१ लाख ५९ हजार ६ सय रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) जारी गर्न अाफ्ना नियामकसँग अनुमति मागेका छन् । 

चालु अार्थिक बर्षभित्रै अार्इपीअो जारी गर्न अनुमति मागेका कम्पनीहरूले अागामी अार्थिक बर्षमा मात्रै अार्इपीअो जारी गर्नुपर्ने भएको छ । हाल विभिन्न प्रकृतिका १२ कम्पनीहरूले अार्इपीअो जारी गर्न अनुमति कुरेर बसेका छन् । 

हालसम्म ३ करोड ३७ लाख ८५ हजार ४ सय २२ कित्ता अार्इपीअोका लागि यी कम्पनीहरूले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

बोर्डका अनुसार विभिन्न जलविधुत कम्पनी र मर्चेन्ट बैंकले अार्इपीअो निष्काशनका लागि अनुमति मागेका छन् । अार्इपीअो जारी गर्न अनुमति मागेकामध्ये जलविधुत अायोजनाको कित्तासंख्या धेरै छ । मध्य भोटेकाेशीले मात्रै १ करोड ४४ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?