काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाका साथ अघि बढ्न आह्वान गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय ५ दलीय उच्चस्तरीय संयन्त्र समितिको बैठकले त्यस्तो अपिल गरेको हो ।
गठबन्धनमा आवद्ध ५ दलका शीर्ष नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।’
त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनका विषयमा थप छलफलका लागि भोलि पनि बैठक आह्वान गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया