खोटाङ । नेपाली कांग्रेस खोटाङको कार्यालयमा वीपी कोइरालाको सालिक स्थापना गरिएको छ । कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित वीपि स्मृति भवनमा वीपीको अर्धकद्को सालिक स्थापना गरिएको हो ।
कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको वीपीको सालिक ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानअन्तर्गत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा वीपीको सालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिसरमा स्थापना गरिएको हो ।
सालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया