डा. लोहनीले भने, ‘अर्थमन्त्रीसँग बयान लिनुपर्छ, आयोग गठन गरियोस्

लोकपथ
385
Shares

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्मा छानबिनको दायरामा आउनुपर्ने बताएका छन् । अमेरिकाबाट आएको अवैध रकम छोड्न दवाव दिने अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने र उनीसँग बयान लिनुपर्ने डा. लोहनीको भनाइ छ ।

‘देउवा सरकारका अर्थमन्त्रीले अवैध र गैरकानुनी भनेर एउटा मित्रराष्ट्रले रोक्न अनुरोध गरिएको ४० करोड रकमबारे अनुसन्धान हुँदाहुँदै किन छोडिदिनु भनी निर्णय गरे ? यसबारे अविलम्ब छानबिन हुनुपर्छ र अर्थमन्त्रीसँग बयान लिनुपर्छ’, लोहनीको भनाइ छ ।

सत्तामा बस्नेहरुको अराजकता र भ्रष्टाचार प्रवृत्तिको कारणले आज श्रीलंकाको अर्थतन्त्र बेहाल बन्न पुगेको लोहनीकले सामाजिक सञ्जालमार्फत बताएका छन् । यस्तो नहोस् भन्नका लागि पनि अर्थमन्त्रीसँग बयान लिन आयोग गठन गरिनुपर्ने लोहनीले जोड दिए ।

यसबारे संसदका समितिहरु सक्रिय हुनुपर्नेमा पनि उनले जोड दिएका छन् । अमेरिकाबाट आएको शंकास्पद रहम छाड्न दबाब दिएको खुलासा भएपछि अर्थमन्त्री अहिले विवादमा तानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?