१. चुरे संरक्षण्मा सबै पक्षको सहकार्य आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, तराई मधेशको भू–भागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उल्लेख ।
२. अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिएको नेकपा एमालेको आरोप, मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णयभित्रको राजनीतिक खेलबारे टिप्पणी ।
३. नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र उम्मेदवारहरूको नामावली टुंगो लगाउने, ११११ जनाको निर्वाचन परिचालन कमिटी गठन ।
४. केन्द्रीय समिति बैठकपछि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा १२ बुँदे सर्कुलर जारी, आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसीविरोधी कित्तामा उभिएकालाई सहयोग गर्ने ।
५. देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गएको पूर्वअर्थमन्त्री युवराज खतिवडाको भनाइ, देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको दाबी ।
६. सभामुख सापकोटाद्वारा उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह, अर्थतन्त्रमा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड ।
७. आज रामनवमी, देशभरका राम मन्दिरमा भक्तजनहरूको घुइँचो, भगवान् श्रीरामको पूजाअर्चना गरी मनाइयो ।
८. पेट्रोलियम पदार्थमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्ने उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रतिबद्धता, उद्योगी व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट ।
९. नेपाली सेनाले ग¥यो सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५ सय ९० थान हतियार हस्तान्तरण, हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिका साथै सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर विश्वास ।
१०. स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको आठौँ सम्मेलन सुरु, वैज्ञानिकहरूको सम्मेलन आजदेखि चैत २९ गतेसम्म सञ्चालन हुने ।
११. नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार सात सय ४० जनाको नमूना परीक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ५ सय ९२ मा झ¥यो ।
१२. बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरे किभमा युक्रेनी राष्ट्रपति जेलेन्सकीसँग वार्ता, जेलेन्स्कीको दृढ नेतृत्व र जनताको वीरता र साहसको प्रशंसा।
१३. युक्रेनको राजधानी किभ नजिकैको गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणको शव फेला, मृतकको संख्या भने पुष्टि हुन बाँकी ।
१४. वृतान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को जेनेरल म्यानेजरमा नियुक्त, खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने ।
१५. र, इंग्लिस प्रिमियर लिग फुटबलमा आज यो सिजनकै सबैभन्दा ठूलो भिडन्त हुँदै, लिभरपुलसँग म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया