गठबन्धनको अधिकार स्थानीय तहको हो, केन्द्र यसको विरुद्ध भए स्वीकार्य हुन्न : नेता केसी

लोकपथ
3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी स्थानीय तहकै भएको बताएका छन् ।

पार्टीले स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेको निर्णयबारे प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता केसीले सामाजिक संजाल ट्वीटरमा लेख्दै गठबन्धन गर्ने जिम्मेवारी स्थानीय नेतृत्वकै भएको भन्दै आन्तरिक सहमतिसाथ निर्णायक र स्पष्ट अडान लिनु जरुरी रहेको बताए ।

त्यस्तै, गठबन्धन गर्ने वा नगर्ने स्थानीय तहको अधिकारविरुद्ध कोही लागेमा उक्त कुरा स्वीकार्य नहुने उनको भनाइ रहेको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससहित गठबन्धनमा आवद्ध दलहरु आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । सो क्रममा कांग्रेसले स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?