काठमाडौं । विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् ।
उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ। उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्त भित्र पार्टीमा वुझाउन पनि निर्देशन दिएका छन् ।
चापागाईले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटवन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीय स्तरबाटै छानविन गर्ने पनि विप्लवले जनाएका छन् ।
पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई वन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ ।
विप्लवको सर्कुलरमा चितवनमा विवेक शाहको जग्गा मुद्धावारे छानविन गर्ने पनि उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया