जीवन विकास लघुवित्तको बम्पर लाभांश पारित

लोकपथ
413
Shares

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरु अतिथीको रुपमा आमन्त्रीत रहेका थिए । सभालाई स्वागत तथा कार्यक्रमवारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले गरेका थिए । उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट दुई जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो ।

दुई जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १२६०२६ मत खसेकोमा १३९ मत बदर भएको थियो । भने गोकर्ण खतिवडा ज्युले ६७४४७ मत, अशोक सिटौलाले ५३९०३ मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र) ज्युले ४५३७ मत प्राप्त गरेका थिए । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका छन् ।

नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए । साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् ।

सभाबाट संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैंयाँ बराबरको बोनस सेयर तथा तीन दशमलव ६८ प्रतिशतले हुन आउने रकम दुई करोड २४ लाख १४ हजार सात सय ३६ रुपैयाँ ८४ पैसा बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

यसैगरी संस्थाको जारी पूँजी ६० करोड ८४ लाखबाट बृद्धि गरी एक अर्ब तीन करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पुँजी दुई अर्ब बनाउन प्रवन्धपत्र संसोधनको प्रस्ताव समेत स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?