काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमूना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै थप ४८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यो अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यसैबीच मन्त्रालयले २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया