देउवाविरुद्ध पौडेल समूहको गोप्य भेला

काठमाडौं–  नेपाली कांग्रेसभित्र  स्पष्ट रुपमा दुई गुट देखिएको बेला सभापति शेरबहादुर देउवालाई गलाउने रणनीति अनुरुप नेता रामचन्द्र पौडेल पक्षधरले गोप्य बैठक बोलाइएको छ ।
राजधानीको ढुंगेधारास्थित माउन्ट धौरागिरी कोअपरेटिभमा बोलाइएको बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका विषयमा छलफल केन्द्रीत हुने एक नेताले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार बैठकमा पौडेलसहित  नेता कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता रहनेछ ।

ती नेताका अनुसार देउवाले साउन  २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने छ।
बैठकमा देउवाविरुद्ध कसरी मोर्चाबन्दी गर्ने भन्ने विषयमा  पनि छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?