आज रामनवमी पर्व : भगवान् श्रीरामको पूजाअर्चना गरी मनाइँदै

लोकपथ
21
Shares

काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पूजाअर्चनागरी मनाइँदै छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिनुभएको भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका रामचन्द्र मन्दिरहरुमा आज भगवान श्रीरामको पूजाअर्चना गरी यो पर्व मनाइँदै छ । काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको हो ।

भक्तजनहरुले भजन, किर्तनसहित पुजा आराधना गरिरहेका छन् । भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उनलाई उच्च सम्मान गरी पूजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताए ।

वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मुर्ति रहेको छ । यहाँ आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको छ । मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ । पूजा आराधनालाई सभ्य र व्यवस्थित बनाउनका लागि स्वयमसेवक पनि परिचालन गरिएको सदस्यसचिव टण्डनले जानकारी दिए ।

आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?