पूर्वअर्थमन्त्री पाण्डे भन्छन्, ‘देशमा पोलिटिकलभन्दा इकोनोमिक संकट आउने देखिन्छ’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा अर्थतन्त्रमा संकट आउन सक्ने बताएका छन् ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान नेपालको अर्थतन्त्रको बारेमा धारणा सार्वजनिक गर्ने क्रममा पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले सो कुरा बताएका हुन् ।

पछिल्लो समय देशमा देखिएको आर्थिक अवस्थाका कारण देशमा पोलिटिकलभन्दा पनि इकोनोमिक संकट आउने आंकलन गरेको बताएका छन् । देशको अर्थतन्त्र खराब अवस्थातिर गइरहेका बेला सरकारले प्रतिपक्षीसँग छलफल समेत नगरेको बताए ।

‘अब पोलिटिकल भन्दा इकोनोकिम संकट आउने देखिन्छ ।’ उनले भने ।

त्यसैगरी सो कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेले ल्याएको बजेटलाई प्रतिस्थान हुनाले देशमा यस्तो अवस्था आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?