एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।
शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरे ।
उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।
उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द ईयर २०७८, बैंकिङ सीईओ अफ द ईयर–२०२१ बाट पनि सम्मानित भएका थिए ।
एनआईसी एशिया बैंकका मुलुकभर ३५८ शाखा कार्यालय रहेका छन् । यस्तै ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् समेत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया