पुनम पाण्डेको कार्यक्रम राखेको दरबारमार्गको क्लब डेजाभुलाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेशी कलाकारलाई विनाअनुमति नेपाल ल्याएर कार्यक्रम गर्न लागेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अनुमति सीडीओ कार्यालयबाट समेत अनुमति नलिई कार्यक्रम गर्न लागेको पक्राउ गरिएको बताए ।

यता क्लब डेजाभुले भने हिजो नै बृहद कार्यक्रम गर्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो । साथै डेजाभुको सञ्चालकले पारिश्रमिक नदिइकन नेपाल ल्याएको बताएको थियो ।

दरबारमार्ग वृत्तका दानबहादुर मल्लले भने आफ्नो वृत्तका सबै क्लबमा निगरानी गराएको बताए । ‘अनुमति विना भारतीय कलाकार ल्याइएको छ, त्यसलाई पनि उत्तेजक तरिकाले प्रचार गरिएको छ’, उनले लोकपथसँग भने, ‘अरुलाई असर पर्ने गरी कार्यक्रम गर्न पाइँदैन, सीडीओ कार्यालयको अनुमति नभए आज कार्यक्रम देखाउन पाइने छैन ।’

यता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले भने डेजाभु या अन्य कुनै पनि क्लबमा कलाकार ल्याएको बारे जानकारी नै नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?