एमालेबाट विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस

लोकपथ
434
Shares

नेकपा एमालेले विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ। एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको हो ।
शनिबार बसेको एमाले विराटनगर महानगर कमिटीको बैठकले केन्द्रलाई सो नाम सिफारिस गरेको हो। विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम समेत चर्चा रहेपनि उनको नाम सिफारिस नभएको एक नेताले बताए ।

यस्तै एमालेले उपप्रमुखमा अन्जु उपाध्याय, शिल्पा कार्की र बिमला घिमिरे दाहालको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?