पेस्तोल बेच्न हिँडेका ३ जना ललितपुरबाट पक्राउ

काठमाडौं । मेड इन जर्मन लेखिएको पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

ललितपुरको नख्खिबोटबाट मेड इन जर्मन लेखिएको पेस्तोल बेच्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् । 

काठमाडौं प्रहरी परिसरको टोलीले विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । 

उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिक पनि बरामद भएको प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?