सरकारको निर्णय अदूरदर्शीः कमल थापा

लोकपथ
49
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय सच्याउन सरकारलाई सुझाव दिएका छन् । गभर्नर निलम्बनले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको थापको भनाइ छ ।
‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ।यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?