नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी

लोकपथ
0
Shares

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेर सोहीअनुसार समिति बनाइपछि उनी स्वतः निलम्बनमा परेका हुन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको छ ।

राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरे ।
आजै अधिकारीलाई निलम्बनको पत्र बुझाइसकिएको बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?