प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज पद तथा गोपनियताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।
आज उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सो अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्ति पत्र पनि प्रदान गरेक छन् । चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरू प्रदेश योजना आयोगमा नियुक्त भएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, कर्मचारी, पत्रकारसहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्तहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया