आजबाट निर्वाचन आचारसंहिता लागू : झोला टिसट छाप्न नपाइने, खर्च कम गर्न आग्रह

लोकपथ
1.6k
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ ।

आयोगले आज पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउनका लागि आजैबाट आचारसंहिता जारी भएको जनाएको छ ।

निर्वाचनमा कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा सेयर गर्न पनि नपाइने आयोगले जनाएको छ । त्यसैगरी दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाइनेछ ।

साथै अघिल्ला निर्वाचनमा जस्तो प्रचारका लागि झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

त्यसैगरी निर्वाचनमा उम्मेदवारहरुले खर्चलाई कम गर्दै लैजाने विषयमा समेत सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?